ब्रेकिङ न्युज


#फुटबल

युरोकपको पहिलो सेमिफाइनल आज स्पेन र इटाली भिड्दै

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 6,2021


RatoParkhalयुरोकपको पहिलो सेमिफाइनल आज स्पेन र इटाली भिड्दै

ईखबर २२ असार २०७८ मंगलबार / युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज (मंगलबार) राति हुँदैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन् । इटाली र स्पेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

आज इटाली र स्पेन जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुनेछ ।

इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । स्पेनले क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ ।

पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुई पटक हराउँन सकेको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ ।                                                                            युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो