ब्रेकिङ न्युज


#फुटबल

इंग्ल्यान्ड र युक्रेन बिचको रोमान्चक भिडन्त आज को जाला सेमिफाइनलमा

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 3,2021


RatoParkhalइंग्ल्यान्ड र युक्रेन बिचको रोमान्चक भिडन्त आज को जाला सेमिफाइनलमा

ईखबर १९ असार २०७८ शनिबार / युरोकप फुटबलको अन्तिम क्वाटरफाइनलमा आज राति युक्रेन र इंग्ल्यान्ड भिड्दै छ्न ।

इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटालीको रोममा हुनेछ । स्टाडियो ओलम्पिकोमा राति १२:४५ बजे सुरु हुनेछ ।

आज इंग्ल्यान्ड र युक्रेन जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेका छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै  क्वाटरफाइनलमा पुगेको हो । इंग्ल्यान्डले प्रि-क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

युक्रेनले भने स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो । युक्रेनले स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।

इंग्ल्यान्ड र युक्रेनबीच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले ४ जित र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ । दुई टिमबीच मुख्य प्रतियोगितामा पछिल्लो पटक २०१२ को युरोमा प्रतिस्पर्धा भएको थियो । त्यस खेलमा वायन रुनीको निर्णायक गोलले इंग्ल्यान्ड विजयी भएको थियो । तर आज युक्रेनलाई हराएर सेमिफाइनल पुग्न इंग्ल्यान्डलाई फलामको चिउरा चपाउनु जतिकै हुनेछ । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो