ब्रेकिङ न्युज


#सामाजिक

जेष्ठ नागरिकलाई भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 25,2021


RatoParkhalजेष्ठ नागरिकलाई भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि

ईखबर ११ असार, २०७८ शुक्रबार / सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिइने छ । 

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिइएको थियो ।
डा गौतमका अनुसार भेरोसेलको पहिलो डोज लगाएका जेष्ठ नागरिक ३ लाख ७० हजार छन् ।

भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत दोस्रो डोज दिइने उनले बताए ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो