ब्रेकिङ न्युज


#कोरोना

आज २४२१ जना संक्रमित, ३५५८ जनाले कोरोनालाई जिते

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 23,2021


RatoParkhalआज २४२१ जना संक्रमित, ३५५८ जनाले कोरोनालाई जिते

ईखबर ९ असार २०७८ बुधबार / पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको उनले बताए ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय