ब्रेकिङ न्युज


#सामाजिक

थप २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि, निको हुने दर बढ्दो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 19,2021


RatoParkhalथप २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि, निको हुने दर बढ्दो

ईखबर ५ असार २०७८ शनिबार / नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु निको हुने क्रम लगातार बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज निको हुने दर ८९ दशमलव ३ प्रतिशत रहेको छ ।

गएको २४ घण्टामा ३ हजार ६ सय ६० जनाले कोरोनालाई जितेका छन् । यस्तै यो अवधिमा २ हजार ४ सय १ जनालाई संक्रमण भएको पुष्टि भएको छ । सात हजार १० जनाको पीसीआरबाट परीक्षण गर्दा एक हजार ६ सय ८८ जनामा संक्रमण पाइएको छ भने ४ हजार ६ सय ८६ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सात सय १३ जनामा संक्रमण पाइएको छ ।

यस्तै गएको २४ घण्टामा कोरोनाका कारण थप ३४ जनाको ज्यान गएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय