ब्रेकिङ न्युज


#सामाजिक

पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 19,2021


RatoParkhalपहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन

ईखबर ५ असार २०७८ शनिबार / पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ ।

चीनको तिङ्ग्री काउन्टीनजिकै खसेको पहिरोले रोङसी खोला थुनिए पछि ताल बनेको छ । चिनियाँ टोलीले यसलाई चरणबद्ध रुपमा खुलाउने प्रयास गरिरहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको उहाँले बताउनुभयो ।

खोलाबाट बाढी आउन सक्ने आकलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयबाट पानी छाडिएको छ । तामाकोसीको बाँध ५ हजार घनमिटरको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ । तामाकोसीको तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित ठाउँमा जान जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय