ब्रेकिङ न्युज


#कोरोना

सरकारले भोलिबाट ६० देखि ६४ वर्ष उमेर समूहलाई खोप लगाउने

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 7,2021


RatoParkhalसरकारले भोलिबाट ६० देखि ६४ वर्ष उमेर समूहलाई खोप लगाउने

ईखबर २४ जेठ २०७८ सोमबार /  सरकारले मंगलबार भोलि बाट देशभर कोरोनाविरुद्ध दुई दिने खोप अभियान चलाउँदै छ । चीनबाट अनुदान प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन लागिएको हो ।

सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएकामा संख्या बढ्न सक्ने भएर उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर छनोट गरिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं महानगरपालिकाका सबै वडामा खोप व्यवस्था गरिएको छ । अरू पालिकाले तोकेका स्थानमा खोप व्यवस्थापन गर्नेछन् ।

त्यस्तै भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईका अनुसार जिल्लाभर सबै स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था गरिएको बताए ।

ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतका अनुसार महानगर र महालक्ष्मी नगरपालिकामा दुई दिन र बाँकी पालिकाले एकै दिनमा खोप लगाइसक्ने अपेक्षा लिइएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय