ब्रेकिङ न्युज


#कोरोना

२४ घण्टामा ६ हजार ८ सय २५ जनामा काेराेना पुष्टि, ५ हजार ९ सय ४ जना निकाे

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 3,2021


RatoParkhal२४ घण्टामा ६ हजार ८ सय २५ जनामा काेराेना पुष्टि, ५ हजार ९ सय ४ जना निकाे

ईखबर २० जेठ २०७८ बिहीवार / गएको २४ घण्टामा नेपालमा ६ हजार आठ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १८ हजार पाँच सय ६२ पीसीआर र तीन हजार दुई सय ११ जनाकाे एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ हजार आठ सय २५ जनामा सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

अब नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या पाँच लाख ७६ हजार नाै सय ३६ पुगेकाे छ । अहिले एक लाख एक हजार आठ सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

गएकाे २४ घण्टामा पाँच हजार नाै सय चार जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म निकाे हुनेकाे सङ्ख्या चार लाख ६७ हजार चार सय ६७ पुगेकाे मन्त्रालयले जनाएकाे छ । 

यस्तै कोरोना सङ्क्रमणका कारण थप ७५ जनाको ज्यान गएसँगै नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या सात हजार ६ सय ३० पुगेकाे छ ।  


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय