ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरका स्थानीय तहमा ३ अर्ब ५८ करोड ४९ लाख बजेट

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 30,2021


RatoParkhalउदयपुरका स्थानीय तहमा ३ अर्ब ५८ करोड ४९ लाख बजेट

ईखबर १६ जेठ २०७८ आइतबार / उदयपुरका चार नगरपालिका र चार गाउँपालिका गरी ८ स्थानिय तहको लागि संघिय सरकारले ३ अर्ब ५८ करोड ४९ लाख बजेट हस्तारणतरन गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको थियो । संघिय सरकारले उदयपुरका स्थानिय तहलाई वित्तिय समानिकरण र ससर्त अनुदान तर्फ सबै भन्दा बढि त्रियुगा नगरपालिकालाई चालु तर्फ ६६ करोड ३१ लाख, पुजीगत तर्फ १२ करोड ७६ लाख गरी ७९ करोड ७ लाख प्राप्त गरेको छ । यता उदयपुरको कटारी नगरपालिकाले चालु तर्फ ४५ करोड ६४ लाख पुजीगत तर्फ ३ करोड ९४ लाख सहित ४९ करोड ५९ लाख रुपैया प्राप्त गरेको छ । यता चौदण्डिगढि नगरपालिकाले चालु तर्फ ४३ करोड ९५ लाख पुजीगत तर्फ ४ करोड २९ ला खगरी ४८ करोड २४ लाख प्राप्त गरेको छ । बेलका नगरपालिकाले ३७ करोड ७० लाख चालु तर्फ १० करोड ५७ लाख पुजीगत तर्फ गरी ४८ करोड २७ लाख अनुदान प्राप्त गरेको छ । यता उदयपुरको गाउँपालिका मध्ये सबै भन्दा बढि उदयपुरगढि गाउँपालिकाले चालु तर्फ ३८ करोड ६१ लाख पुजीगत तर्फ २ करोड ८६ लाख गरी ४१ करोड ४७ लाख, ताप्ली गाउँपालिकाले चालु तर्फ २३ करोड ७५ लाख पुजीगत तपर्ः २ करोड ५८ लाख गरी २६ करोड ३३ लाख रौतमाई गाउँपालिकाले चालु तपर्ः ३२ करोड २० लाख पुजीगत तर्फ ७ करोड ६३ लाख र लिम्चुबुङ गाउँपालिकाले चालु तर्फ २० करोड ३४ लाख पुजीगत तर्फ ५ करोड ३५ लाख गरी कुल २५ करोड ६९ लाख रुपैया अनुदान प्राप्त गरेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय