ब्रेकिङ न्युज


#फुटबल

इराक पुगे नेपाली फुटबल टिम

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 26,2021


RatoParkhalइराक पुगे नेपाली फुटबल टिम

ईखबर १२ जेठ २०७८ बुधबार / घरेलु टिमसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम इराक पुगेका छन् ।

२३ सदस्सीय खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम आज बिहान इराकको बसरा पुगेका हुन् ।

नेपाली टोलीलाई इराक फुटबल संघका पदाधिकारीले स्वागत गरेका थिए ।

नेपाली टिम कतार एयरवेजबाट दोहा हुँदै इराक पुगेका हुन् । नेपाली टिम मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका थिए ।

नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।


नेपाली टिम :

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय