ब्रेकिङ न्युज


#राजनीती

जसपा सरकारमा नजाने, महन्थ ठाकुरले प्रधानमन्त्रीसँग राखे यस्तो शर्त

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 14,2021


RatoParkhalजसपा सरकारमा नजाने, महन्थ ठाकुरले प्रधानमन्त्रीसँग राखे यस्तो शर्त

ईखबर ३१ बैशाख २०६८ शुक्रबार /जनता समाजवादी पार्टी नेता सरकारमा सहभागी नहुने भएको छ । बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्रले प्रधानमन्त्री ओलीलाई भेटेर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका हुन् ।
 
प्रधानमन्त्री ओलीले ठाकुर र महतोलाई बोलाएर सरकारमा सँगै मिलेर काम गर्न प्रस्ताव गरेका थिए । तर ठाकुर र महतोले सरकारमा जान सकिने अवस्था नबनेको जवाफ फर्काएका हुन् ।
 
जसपा सांसद प्रमोद साहका अनुसार प्रधानमन्त्रीले सरकारमा मिलेर काम गरौं भन्ने प्रस्ताव गरेको तर अध्यक्षज्यूले पहिले माग पूरा गर्न भनेका थिए । माग सम्बोधन भइसकेपछि सहकार्य गर्न तयार रहेको जवाफ ओलीलाई दिए ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो