ब्रेकिङ न्युज


#कोरोना

उदयपुरमा कोरोना संक्रमण तिब्र, आज एकै दिन ४९ जना थपिए

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 9,2021


RatoParkhalउदयपुरमा कोरोना संक्रमण तिब्र, आज एकै दिन ४९ जना थपिए

ईखबर २६ बैशाख २०७८ आइतबार / उदयपुरमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ। प्रादेशिक प्रयोगशाला विराटनगरबाट आईतबार आएको पिसीआर रिर्पोट र जिल्लामा गरिएको एन्टिजेन टेष्टबाट एकै दिन ४९ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा संक्रमितको संख्या दुई सय २४ पुगेको छ ।
संक्रमित मध्ये सबैभन्दा बढि बेलका नगरपालिका क्षेत्रमा देखिएको छ । नगर क्षेत्रका विभिन्न ठाउँका व्यक्तिहरुमा गरिएको स्वाव संकलनबाट ४० जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीले जानकारी दिए । त्यसवाहेक जिल्ला अस्पतालमा उपचार गर्न आएका ८ जना, त्रियुगा नगर क्षेत्रमा एक जनामा कोरोना पुष्टि भएको हो ।
बेलकामा संक्रमण देखिएमध्ये पिसीआर प्रविधिबाट ३९ जना र एन्टिजेनबाट १ जना रहेका छन् । दुई दिन अघि नगरपालिकाले ६३ जनाको स्वाव संकलन गरी परीक्षणका लागि विराटनगर पठाएको थियो । संख्याको हिसावले यो अहिलेसम्मकै उच्च हो ।
यसअघिका परीक्षणमा दैनिक १५÷२० जना आउने गरेकोमा यो पटक जिल्लाकै सबैभन्दा बढि संक्रमित एकै दिन देखापरेको उनले बताए । अझ एकै गाउँपालिकाबाट ४० जना संक्रमित देखिनु झनै गम्भिर बिषय भएको उनको भनाई छ ।
केहि दिन अघि उदयपुर निर्वाचन क्षेत्रनम्बर २ का सांसद शुरेस राईमा कोरोना पोजेटिभ देखिएपछि नगरपालिकाले त्यस क्षेत्रलाई लक्षित गरी परीक्षणलाई फराकिलो बनाएको थियो । वुवाको मृत्यु संस्कार सकिए लगत्तै कोरोना परीक्षण गर्दा सांसद राईमा पोजेटिभ देखिएको थियो ।
जिल्ला स्वास्थ्य प्रमुख सुबेदीकाअनुसार संक्रमण दर बढ्दो छ भने निको हुनेको संख्या न्युन रहेको छ । हालसम्म महिला दुई र पुरुष एक गरी तीन जनाले कोरोना जितेर घर फर्किएका छन् भने दुई महिला र दुई पुरुष गरी चार जनाको कोरोनाकै कारण ज्यान गएको उनले बताए ।

 

 

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय