ब्रेकिङ न्युज


#सामाजिक

कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले आफ्नो तीन महिनाको सुविधा कोरोना कोषमा जम्मा गर्ने घोषणा ।।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 8,2021


RatoParkhalकटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले आफ्नो तीन महिनाको सुविधा कोरोना कोषमा जम्मा गर्ने घोषणा ।।

ईखबर २५ वैशाख २०७८ शनिवार / उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र कुमार श्रेष्ठले तीन महिनाको रकम कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । उनले आफूले नगरपालिकाबाट पाउने बैठक भत्ता, भ्रमण भत्ता लगायतका भत्ता वापत आउने तीन महिनाको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको नयाँ भेरियन्टले नेपालमा पनि आतंक मच्चाएको छ । कोरोनासँग लड्न मासिनहरुलाई निकै नै मुस्किल भई रहेको छ । कतै बजेट अभावमा स्थानीय तहले पनि प्रभावकारी कदम चाल्न सकेको छैन । माहामारीको समयमा नागरिकको जीउधनको रक्षा गर्नु सबै नागरिकको दायित्व भएको भन्दै आफूले पनि तीन महिना बराबरको भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको बताए 

उनले भने, ‘अहिले देश विषय परिस्थितिबाट गुज्रिरहेको छ । कोरोनाले महामारीले सबैलाई आक्रान्त पारेको छ । यस्तो बेलामा जो सँग जे छ, जस्ले जति सक्छन् संक्रमित र तिनको उपचारको लागि सहयोग गर्नु आवश्यक छ ।’ संकटमा जुट्ने नेपालीहरुको विशेषता भएको भन्दै मेयर श्रेष्ठले आफू नेतृत्वको कटारी नगरपालिकाले पनि संक्रमण नियन्त्रण तथा रोकथामका लागि अनेकन प्रयासहरु जारी राखेकोले यसमा सबै नगरवासीले सहयोग गर्न अपील गरे । ‘हामी पनि हात बाँधेर बसेका छैनौं, हाम्रा तर्फबाट सके जति प्रयास कोरोना नियन्त्रण र रोकथाममा नै जारी राखेका छौं, नागरिकले पनि आफ्नो तर्फबाट सकेको प्रयास गरे कोरोनालाई सजिलै जित्न सकिन्छ । ’

उनले सरकारले लागू गरेको निषेध आदेशको पूर्ण पालना गर्न र घरमै बसेर रोगसँग लड्न नगरवासीमा आव्हान गरे ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय