ब्रेकिङ न्युज


#सामाजिक

कोरोनाबाट उदयपुरमा थप एक जनाको मृत्यु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 3,2021


RatoParkhalकोरोनाबाट उदयपुरमा थप एक जनाको मृत्यु

ईखबर २० बैशाख २०७८ सोमबार / उदयपुरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगरस्थित नोवेल अस्पतालमा उपचारत चौदण्डिगढी नगरपालिका ५ का ५५ बर्षिय पुरुषको सोमबार कोरोना भाइरसबाट मृत्यु भएको हो ।
बैशाख १८ गते रुघाखोकी लगायत अन्य समस्या देखिएपछि विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका लागि पुगेका उनलाई उपचार गर्नुअघि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताए ।
विरामीको आईसोलेसनमा राखी उपचार गरिएकोमा सोमबार बिहान मृत्यु भएको उनले पुष्टि गरे । उनको शव सोमबार विरामी सँगै रहेका परिवारका सदस्यले त्रियुगा नदीमा व्यवस्थापन गरेको परिवारले जनाएको छ । यो सँगै कोरोना भाइरसबाट उदयपुरमा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि त्रिनपा ६ का ३३ बर्षिया युवतीको मृत्यु भएको थियो ।
यसैविच जिल्लामा कोरोना भाइरसको संक्रमितको संख्या ४५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार सोमबार ६ जनामा एन्टिजेनबाट परीक्षण गरिएकोमा ३ जनामा पोजेटिभ देखिएको छ । आईतबार १५ जनामा परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको उनले बताए ।
कार्यालयले आईतबार र सोमबार जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयका ७७ जनाको पिसीआर प्रविधिबाट परीक्षणका लागि स्वाव संकलन गरी प्रादेशिक अस्पताल विराटनगरमा पठाएको जनाएको छ । कोरोना भाइरस निको भएकाको संख्या हालसम्म दुई जना रहेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो