ब्रेकिङ न्युज


#सामाजिक

कटारी ३ स्थित ताराघारीको आईशोलसन केन्द्र संञ्चालनमा ल्याईने

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 28,2021


RatoParkhalकटारी ३ स्थित ताराघारीको आईशोलसन केन्द्र संञ्चालनमा ल्याईने

 

ईखबर सम्बाददाता
वैशाख १५ ,बुधबार , २०७८
कटारी / उदयपुरको कटारी नगरपालिकाले कटारी वडा नम्बर ३ स्थित आईशोलेसन केन्द्रलाई संञ्चालनमा ल्याउने भएको छ । आज नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा सरोकारवालाहरु सहित वसेको वैठकले अस्थायी रुपमा संञ्चालित केन्द्र मर्मत सम्भार , सरसफाई गरी जनशक्ति र उपकरणको समेत व्यवस्था गरी संञ्चालन गर्ने भएको हो ।
त्यसैगरी नगरका मूख्य नाकाहरुबाट आएका यात्रुहरुलाई स्वास्थ्य अवस्था तथा न्युनतम सतर्कताका मापदण्डहरु अपनाएको छ कि छैन् ,अवलोकन गरी सहजिकरण हेल्थ डेष्क स्थापना गरी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको टोली खटाउने पनि निर्णय गरिएको छ । त्यस्तै अनिवार्य मास्कको प्रयोग , भौतिक दुरी कायम तथा पसल तथा कार्यालयहरुमा अनिवार्य स्यानिटाईजरको व्यवस्था गरिने भएको छ ।
नगरपालिकाको वैठकले अन्यत्र जोखिम क्षेत्रबाट आएकालाई होम क्वारेन्टाईनमा वसे नवसेको सम्बन्धित वडा कार्यालय तथा उद्योग वाणिज्य संघ तथा सरोकारवालाहरुले निगरानि गर्ने निर्णय गरेको छ । कटारीमा वैशाख १६ विहिबारदेखि होटल , पसल तथा व्यवसाय विहान ६ बजेदेखि साँझ ८ बजेसम्म मात्र संञ्चालन गर्न पाईनेछ ।त्यसैगरी होटलमा वस्नेहरुले अनिवार्य होटलमा अभिलेख राख्नु पर्ने पनि वैठकले निर्णय गरेको छ ।
ईलाका प्रशासन कार्यालय कटारी , ईलाका प्रहरी कार्यालय कटारी ,शसस्त्र प्रहरी वेश क्याम्प कटारी , वडाकार्यालयका प्रमुखहर तथा सरोकारवालाहरुको वैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम चारैैैैैतिर बढदै गएपछि नगरले आकस्मिक बैैठक बसि यस्तो निणय गरेेेेको हो । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय