ब्रेकिङ न्युज


#सामाजिक

सर्तकता अपनाउन कटारी नगरपालिकाको आग्रह

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 27,2021


RatoParkhalसर्तकता अपनाउन कटारी नगरपालिकाको  आग्रह

 

ईखबर१४बैशाख२०७८मंगलबार/उदयपुरको कटारी नगरपालिकाले नगरमा कोभिड –१९ , कोरोना संक्रमण बढ्ने जोखिम रहेको भन्दै नगरवासीहरुलाई जनस्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । नगरपालिकाले एक सुचना जारी गर्दै छिमेकी देश भारत तथा देशका ठुला सहरहरुमा कोरोनाको कारण भयावह पैmलिएको हुँदा सतर्कता अपनाउन आग्रह गरेको हो ।
नगरपालिकाले अनिवार्य मास्कको प्रयोग , सावुन पानीले पटक पटक हात धुन , स्यानिटाईजरको प्रयोग गर्न ,आवश्यक काम नपरी घरवाहिर ननिष्कन पनि नगरवासीहरुलाई आग्रह गरेको छ ।त्यसैगरी सार्वजनिक स्थलमा अनावश्यक भिडभाड नगर्न ,धार्मिक कार्यमा २५ जना भन्दा बढी भेला नहुन ,अन्यत्रबाट आएकालाई अनिवार्य १० दिन होम क्वारेन्टाईनमा वस्नका साथै , लक्षण देखा परेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले छुट्टै रणनीति बनाएर अघि बढ्ने बताउनुभयो । आगामी दिनमा संक्रमणबाट बच्न सवै नगरवासीलाई आग्रह गर्दै अनिवार्य मास्क लगाउन तथा तथा सतर्कता अपनाउन आग्रह गर्दै मेयर श्रेष्ठले गत वर्ष नगरपालिकाले वडा नम्बर ३ मा स्थापना गरेको आईशोलसन , लगायतका सवै क्वारेन्टाईन तथा आईशोलेसनहरुलाई तयारी अवस्थामा राख्ने बताउनुभयो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय