ब्रेकिङ न्युज


#फुटबल

नेपाल सुपर लिगको विजेतालाई ३५ लाख

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 23,2021


RatoParkhalनेपाल सुपर लिगको विजेतालाई ३५ लाख

ईखबर १० बैशाख २०७८ शुक्रबार / ऐतिहासिक रुपमा पहिलोपटक आयोजना हुन गईरहेको बहुप्रतिक्षित फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को पुरस्कार राशी घोषणा गरिएको छ ।

आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सुपर लिगको पुरस्कार रकमबारे घोषणा गरेको हो । आयोजकका अनुसार सुपर लिग विजेताले उपाधिसहित नगद ३५ लाख पाउनेछ ।

त्यस्तै उपविजेताले भने १५ लाख प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुले भने जनही १–१ लाख हात पार्नेछन् । त्यसैगरी आयोजकले प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने एकजना उदीयमान खेलाडीलाई पनि पुरस्कृत गर्ने बताएको छ । यद्यपि त्यसको पुरस्कार राशीबारे भने खुलाइएको छैन ।

त्यति मात्र नभएर प्रत्येक खेलको म्यान अफ द म्याचलाई २५ हजार प्रदान गरिनेछ भने प्रत्येक खेलको एक जना इमर्जिङ प्लेयरलाई पनि १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सुपर लिगका सबै खेलहरु दशरथ रंगशालामा हुने यसअघि नै आयोजकले बताइसकेको छ । साथै हाल देशमा बढ्दो कोरोना संक्रमणको जोखिमका कारण सुपर लिगका सबै खेलहरु दर्शक बिना नै खाली रंगशालामा खेलाइने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहने सुपर लिगमा देशका विभिन्न सात शहरहरुका फ्रेन्चाईज टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सुपर लिगको उद्घाटन खेलमा बैशाख ११ गते शनिबार काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसी भिड्ने आयोजकले जारी गरेको खेलतालिकामा उल्लेख छ ।

यस्ता छन् टोलीहरुः

काठमाडौं रेजर्स, बिराटनगर सिटी एफसी, पोखरा थन्डर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, ललिभपुर सिटी एफसी 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय