ब्रेकिङ न्युज


#सामाजिक

कटारी - घुर्मी सडकखण्डको बन्द खुल्यो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 21,2021


RatoParkhalकटारी - घुर्मी सडकखण्डको बन्द खुल्यो

ईखबर ८ बैशाख २०७८ बुधबार / सिद्धिचरण राजमार्ग अन्र्तगत उदयपुरको कटारी – घुर्मी सडकखण्ड आजसाँझदेखि खुलेको छ । तीनदिनदेखि जारी अनिष्चितकालिन सडक बन्दको तेस्रो दिन आजसाँझदेखि सडक खुलेको हो । कटारी – घुर्मी सडकखण्डस्तरउन्नती संघर्ष समितिले सडकण्ड स्तरउन्नतीको माग गर्दै सोमबारदेखि अनिष्चितकालिन रुपमा गरेको बन्द आजदेखि खुलेको हो ।
कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार सडक डिभिजन कार्यालय लहानले१५ करोड सडक मर्मतका लागि खर्च गर्ने , छुट्टै सडक डिभिजन कार्यालय स्थापना र ७ दिन भित्र बजेट सुनिष्चितताका लागि भोलि भौतिक विकास मन्त्रालयमा डेलिगेसन जाने सहमति भएपछि सडक खुलेको हो ।
डिभिजन सडक कार्यालय लहानका प्रमुख रविन्द्रलाल दास , मेयर श्रेष्ठ ,कटारीका उपमेयर भिमकुमारी राउत , संविधान सभा सदस्य भेषकुमारी राउत , संघर्ष समितिका संयोजक तथा वडा नम्बर ११ का अध्यक्ष दिपक वुढाथोकी सरोज लगायतका सरोकारवालाहरुको सहभागीतामा कटारी १४ घुर्मीमा आज सम्पन्न वार्ताबाट सडक खोल्ने सहमति भएको मेयर श्रेष्ठले जानकारी दिनुभयो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो