ब्रेकिङ न्युज


#फुटबल

नेपाल आइ पुगे यान ल

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 18,2021


RatoParkhalनेपाल आइ पुगे यान ल

बैशाख ५,२०७८ आइतबार ईखबर / भारतीय फुटबलमा कान्छा प्रशिक्षकका रुपमा चर्चा बटुलेका यान ल खुकुरी नेपाल सुपर लिगमा बिराटनगर सिटी एफसीको जिम्मेवारी नेपाल आइ पुगेका छन् ।

स्मरण रहोस, २८ बर्षिय यानले हालै आइ लिग क्लब एजेवालको जिम्मेवारी सम्हालेका थिए । जहाँ नेपालका चर्चित फरवार्ड अभिषेक रिजालले पनि खेलेका थिए । त्यसअघि यानले मोहम्मदन एससीको जिम्मेवारी पनि सम्हालेका थिए र क्लबलाई आई लिगमा बढुवा समेत गराउन सफल भएका थिए ।

नेपाल आइपुगेका यानलाई बिराटनगर सिटी एफसीका पदाधिकारीहरुले स्वागत गरे । स्मरणीय छ, बिराटनगरको मार्की खेलाडीमा नेपालका चर्चित डिफेन्डर रजित धिमाल छन् । साथै क्लबमा चर्चित मिडफिल्डर सुनिल बल पनि छन् भने क्लबले हालै स्पेनिस खेलाडी पेड्रोजलाई पनि अनुवन्ध गरेको थियो ।

यहि बैशाख ११ गतेदेखि शुरु हुन गईरहेको सुपर लिगमा बिराटनगरले आफ्नो पहिलो खेल १२ बैशाखका दिन धनगढी एफसीसँग खेल्दैछ । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजना तथा एन्फाको प्राविधिक सहयोग रहने लिगको सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् । समापन खेल भने जेठ १ गतेका दिन हुनेछ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो