ब्रेकिङ न्युज


#रक्तदान

उदयपुरको कटारिमा रक्तदान कार्यक्रम सम्पन्न ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 3,2021


RatoParkhalउदयपुरको कटारिमा रक्तदान कार्यक्रम सम्पन्न ।

उदयपुर को कटारीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सहारा नेपाल बचत तथा ऋण सहकारि संस्था लिमिटेडको २६ औं स्थापना दिवसको अबसरमा कटारीको चिल्ड्रेन पार्कमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।  आज भएको औपचारिक कार्यक्रमको अध्यक्षता सहारा नेपालका शाखा प्रबन्धक भजनलाल चौधरि, प्रमुख अतिथिमा कटारी नगरपालिकाको उपमेयर भिमकुमारि राउत, बिशिष्ट अतिथि इलाका प्रशाशन कार्यलयका प्रमुख तुलाराज सुनुवार र बिशेष अतिथिमा सहारा नेपालका अनुगमन प्रमुख महेश तामाङ लगायत बिभिन्न पदाधिकारिको उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्दै कटारी  नगरपालिकाको उपप्रमुख भिमकुुमारि राउतले नेपालमा अधिकाँश महिला प्रसुतिको बेला धेरै रक्तश्राव हुने र व्लड बैंकमा रगतको अभाव हुदा अकालमै ज्यान गुमाउनुगर्ने अबस्थालाइ यो रक्तदान कार्यक्रमले केहि हद सम्म न्युनिकरण गर्ने बताउनु हुँदै स्थापना दिबशको अबसरमा शुभकामना पनि व्यक्त गर्नु भयो । त्यस्तै कार्यक्रममा बोल्दै इलाका प्रशाशन कार्यलयका प्रमुख तुलाराज सुनुवारले रक्तदान कार्यक्रम प्रशंशा योग्य काम भएको बताउनुभएको छ । रगतको अभावलाई पुर्ति गर्ने उद्देश्यले सहारा नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक समितिले जनाएको छ । कटारिकै युके एफएमको सहकार्यमा र नेपाल रेडक्रस सोसाइटिको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन । सहारा नेपालले स्थानिय रक्तसञ्चार केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम गर्ने कार्यक्रम अनुसार आज कटारीमा कार्यक्रम गरेको हो । साहारा नेपालले यस अघि उदयपुर जिल्लामा विभिन्न शिक्षा, स्वास्थ्य, खेलकुद र आगलागि पिडितलाइ सहयोग गर्दै आएको छ । साहारा नेपालले प्रदेश १ को ११ जिल्लामा संस्थाको स्थापना गरेको र यस संस्थामा डेढ लाखको हाराहारिमा सदस्य रहेको संस्थाको सेयर १ अर्ब ४१ करोड, बचत ७ अर्ब ३२ करोड ऋण ९ अर्ब २५ करोड र जम्मा कर्मचारि ४६१ जना रहेका छन ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो