ब्रेकिङ न्युज


#प्रियंका

नायिका प्रियंका कार्कीले आफु चाडै आमा बन्ने कुरा फेशबुक मार्फत खुलाइन।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 3,2021


RatoParkhalनायिका प्रियंका कार्कीले आफु चाडै आमा बन्ने कुरा फेशबुक मार्फत खुलाइन।

ईखबरपत्रिका समाचार
प्रकाशित मिति: April 3,2021

प्रियका कार्की अब एक्ली छैनन् । आयुशमान देशराज जोशीसँग उनले जोडी बाँधेको पनि बर्ष बित्यो । लामो प्रेम सम्बन्धलाई उनीहरुले गएको बर्ष फागुनमा दाम्पत्य सम्बन्धमा रुपान्तरण गरेका थिए । यहाँसम्म आइपुग्दा उनीहरुले केही कुरा लुकाएनन् ।

खुलमखुला प्रेम गरे । दुनियालाई देखाएरै इंगेजमेन्ट गरे । विवाहको कुरा लुकाउने कुरै भएन । विवाहअघि ब्याचलरेट पार्टी समेत मनाउन भ्याए । प्रियंकाले आफ्नी संगीहरुसँग ब्याचरलेट पार्टी मनाएको कुराले त गसिप बजारमा राम्रै तरंग पैदा ग¥यो । त्यसैको देखासेखी आयुशमानले पनि ब्याचलर पार्टीको तस्विर सार्वजनिक गरे । अन्ततः उनीहरुले औपचारिक रुपमै विवाह गरे । भव्यतापूर्वक ।

विवाहपछि प्रियंका र आयुशमान भैसीपाटीमा खरिद गरेको नयाँ घरमा बस्दै आएका थिए । लकडाउनको क्रममा उनीहरु घरेलु जीवनमै मग्न रहे । यी सबै कुराको बेलिबिस्तार लगाउनुको कारण के भने, अहिले प्रियंका गर्भवती भएकी छिन् । यो कुरा उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् । श्रीमान आयुशमानसँगै खिचाएको श्यामश्वेत तस्वीरमा उनको बेबी बम्पसमेत देखिएको छ । तस्वीरमा प्रियंका मस्त हाँसेकी छिन् भने, आयुशमान मख्ख छन् । प्रियंका लेख्छिन्, ‘यु क्यान स्टप आस्किङ नाउ । यस, वि आर प्रेग्नेन्ट ।’

 

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो