ब्रेकिङ न्युज
प्रकाशित मिति: August 12,2019
ईखवर सम्वादाता
२६ गते, सोमवार
उदयपुर–कटारीमा डेंगुको संक्रमण फेला परेको छ । २ जनामा डेंगु संक्रमण भेटिएको कटारी अस्पतालका डा. पवन शाहले बताए । यो भन्दा अगाडी कटारीमा डेंगु संक्रमण भेटिएको थिएन ।
एक हप्ता अगाडी ज्वरो आएर कटारी अस्पताल भर्ना भएकी कटारी ३ का निलम खड्का र चित्र बहादुर दाहाल लाई रगत परीक्षण पश्चात डेंगु एंटीजन पोजेटिभ देखिएको डा. शाहले बताए । डेंगुको संक्रमण भएको बिरामी फेला परेपछि आप्mनो घर वरिपरी सरफाई गर्न डा. साहले सुझाव दिएका छन् ।
डेंगु संक्रमण भेटिएको जानकारी पाए पछि कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले कटारी अस्पताल पुगेर तत्कालनै डेंगुको टेस्ट गर्न चाहिने किट उपलब्ध गराई बिरामीको उपचारमा कुनै कमी हुन नदिन समेत निर्देशन दिएका थिए । कटारी नगरपालिकाले डेंगु रोगथामका लागि केही समय अघी देखि अभियान सहित सरसफाई कार्यक्रम गर्दै आएको बताए । डेंगु संक्रमण कटारीमा देखिए पछि घर वरीपरि सरसफाई गरी पानी जमेको खाल्डोहरुमा विशेष सरसफाईहरुमा ध्यान दिन नगरवासीलाई नगर प्रमुख श्रेष्ठले अनुरोध गर्नुभएको छ ।
कटारी नगरपालिकाले डेंगु रोकथामको नियन्त्रण गर्न अभियान गरे पनि खासै प्रभावकारी नभएको बजेट सक्ने काम मात्र गरेको स्थानीयले आरोप लगाएका छन् ।
डेंगु संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यन समेत जान सक्छ । वान्ता हुने, शरीर कमजोर हुने, खानामा रुचि नहुने जस्ता लक्ष्ण देखिन डा. शाहले बताए ।