ब्रेकिङ न्युज


#समाचार

नेपाली सेनाका मेजर ब्राउन सुगर सहित पक्राउ

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 12,2019


RatoParkhalनेपाली सेनाका मेजर ब्राउन सुगर सहित पक्राउ

इटहरी , साउन २५
लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले नेपाली सेनाका मेजर अजितकुमार सिंह र अर्का एक जनालाइ पक्राउ गरेको छ । इटहरीबाट लागूऔषध ब्राउन सुगर सहित सेनाका मेजरसहित दुईजनालाइ पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अर्का व्यक्तिको भने वतन खुल्न बाँकी रहेको सुनसरीका एसएसपी वसन्त लामाले जानकारी दिएका छन्। पक्राउ परेका मेजरसहित दुवैलाई ब्युरोको टोलीले इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाएको छ। उनीहरूको साथबाट डेढ ग्राम ब्राउन सुगर बरामद भएको काठमाडौंस्थित लागू औषध नियन्त्रण ब्यूरोले बताएको छ।पक्राउ परेका मेजर सिंह नेपाली सेनाको पूर्वी पृतना कार्यालय इटहरीमा कार्यरत रहेकोे खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको एसएसपी लामाले जानकारी दिएका छन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय