ब्रेकिङ न्युज


#आदिवासी

कटारीमा पनि २५ औ विश्व आदिवासी दिवश धुमधाम मनाईयो । नगर प्रमुखबाट जनजाती पार्क निर्माण गरिने घोषणा

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 9,2019


RatoParkhalकटारीमा पनि २५ औ विश्व आदिवासी दिवश धुमधाम मनाईयो । नगर प्रमुखबाट जनजाती पार्क निर्माण गरिने घोषणा

ईखवरसम्वादाता
२४ श्रावण, शुक्रवार
उदयपुर ः विश्व भरी आज २५ औ आदिवासी दिवश मनाईरहेको छ । कटारीमा पनि धुमधामका साथ मनाएको छ । ‘पहिचान सहितकको संघियता र स्वशासनको लागि संबिधान संसोधनको अभियान । समान प्रतिनिधित्व सहितको राज्य निर्माणको लागि २५ औं आदिवासी दिवशको आन्दोलन ।।’ भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समितिको आयोजनामा  झाँकी प्रदर्शन गर्दै कटारी बजार परिक्रमा गरी कटारी स्थित भु.पु.सैकिन क्लवको कवर्ड हलमा विभिन्न कार्यक्रम गरी मनाएको नेपाल आदिवासी जनजाती महासंघ कटारी नगर समन्वय समितिका अध्यक्ष केदार राना मगरले बनाउनु भयो ।
कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्य र उपमेयर भिमकुमारी राउतको विशेष आतिथ्यमा भएको कार्यक्रममा आदिवासी जनजातीहरुको बरिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।

विगतका दिनहरुमा नगरपालिकाले आप्mनो कार्यालय व्यव्स्थापन र जनप्रतिनिधिहरुलाई प्रशिक्षण गर्दै समय वितेकोले जनजातीहरुको मागहरुलाई सम्बोधन गर्न नसकिएको होकी भन्दै माफी माग्दै यसै आ.ब.भित्र सम्पूर्ण जनजातिहरुको पहिचान खुल्ने गरी जनजाती पार्क (पर्यटकिय क्षेत्र) निर्माण गरिने प्रमुख अतिथि तथा नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनु भयो । कार्यक्रममा सहभागी भई झाँकी प्रदर्शन गरेका समूहहरुलाई संस्कार र संस्कृतिको संरक्षण गर्न रु. ५० हजार का दरले नगरपालिकाले दिईने विशेष अतिथि तथा उप मेयर भिमकुमारी राउतले बताउनु भयो ।

कार्यक्रममा बोल्दै आदिवासी वक्ताहरुले राज्यले संविधानमा उल्लेखित कुराहरुलाई उपेक्षा गर्दै कार्यान्वयन पक्षमा नल्याइएको लोकसेवा आयोगले आरक्षरण कोटाहरु हटाइएकोमा चर्को विरोध गरेका थिए ।

करिव ५ हजार माथि जनजातिहरुको उपस्थितिमा भएको कार्यक्रममा कटारी नगरपालिकाको १४ वटा वडा कै जनजातिहरुको सहभागि थियो । कार्यक्रममा नगर भरिकै उच्च अंक प्राप्त गरी एस.ई.ई. परीक्षा उत्तीर्ण २८ जना विद्यार्थीहरुलाई रु. १ हजारका दरले र प्रसंशा पत्र प्रदान गरी शिक्षा क्षेत्रमा हौसला प्रदान गरिएको थियो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय