ब्रेकिङ न्युज


#समाचार

त्रिशुली बस दुर्घटना एकै परिवारका ३ जनाको मृत्यु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 9,2019


RatoParkhalत्रिशुली बस दुर्घटना एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं,धादिङको सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ब्रमपुरी गाउँपालिका ४ सर्लाहीका राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार छन्। प्रहरीका अनुसार उनीहरू एकै परिवारका हुन्।

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन्।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय