ब्रेकिङ न्युज


#सामाजिक

पौडी खेल्ने क्रममा ललरी खोलामा डुबेर बालकको मृत्यु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 30,2019


RatoParkhalपौडी खेल्ने क्रममा ललरी खोलामा डुबेर बालकको मृत्यु

ईखवरपत्रिका
१४ साउन, २०७६ 
खोलामा पौडी खेल्ने क्रममा डुवेर मंगलबार दिउँसो एक बालकको मृत्यु भएको छ । कटारी नगरपालिका ८ थलिया स्थित ललरी खोलामा गंगाबहादुर पुलामी मगरका छोरा ११ वर्षिय हर्कबहादुर पुलामी मगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

चार जना बालकहरु सहित खोलामा पौडी खेल्न गएका समयमा पौडिन नसकेपछि मृत्यु भए भने अन्य ३ जना सकुशल रहेको कटारी नगरपालिका ८ का वडाअध्यक्ष कमल श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार ३ वर्ष अगाडी बाबु दोस्रो विवाह गरेर काठमाडौं बस्दै आएको र आमा मेलापात गएको समयमा बच्चाहरु सँग पौडी खेल्न गएको समयमा डुबेर मृत्यु भएको बताए ।

मृतक बालकको पोष्टमार्टमका लागि शव कटारी अस्पताल ल्याउने कार्य भैरहेको इलाका प्रहरी कार्यलय कटारीका डिएसपी प्रेम सागर केसीले जानकारी दिए ।
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय