ब्रेकिङ न्युज


#सामाजिक

औषधि किन्न हिंडेका बिवाहित महिला तीन दिनदेखि बेपत्ता

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 29,2019


RatoParkhalऔषधि किन्न हिंडेका बिवाहित महिला तीन दिनदेखि बेपत्ता

ईखवरपत्रिका
१३ साउन, २०७६ 
कटारी नगरपालिका ३ च्याँगा निवासी २४ वर्षिया बिवाहित गर्भवती समेत रहेको उमा कार्की (कटुवाल) गएको साउन १० गते देखि बेपत्ता भएकी छिन् । दिउँसो २ बजे कटारी बजारमा औषधि किन्न जान्छु भनि हिंडेको तर सोहि दिनदेखि घर नर्पmर्केको र सम्पर्क विहिन रहेको नेपालमा भएको परिवार र बिदेशमा रहेको उनको श्रीमान रित बहादुर कटुवालले बताएका छन  । 

 

गाउँले तथा परिवारले आसपास चारैतिर खोजि गर्दा पनि फेला नपरेको स्थानियले बताएका छन् । बिबाहित महिलाका श्रीमान रित बहादुर कटुवाल बैदेशिक रोजगारीको शिलशिलामा छुट्टीमा नेपाल आई हाल साउदीमा रहेका छन् । २०७५ मङ्सिरमा उनीहरुबीच बिवाहा भएको थियो भने श्रीमती उमा कार्की कटुवालको माईती घर सिरहा जिल्ला सर्रेआम्वासे हात्तिढु∙ा रहेको छ ।

 
कालो रातो वर्णको पहेंलो कुर्था सुरुवाल लगाएर हिंडेकी उक्त महिलालाई देख्नुहुने भेट्नु हुनेहरुले नजिकैको प्रहरी कार्यालयका बुझाईदिनु हुन सम्पर्क नं. ९८१०००७३२७ वा ९८६१९४८२३८ मा सम्पर्क गरी जानकारी गराईदिनुहुन पनि आफन्तजन लगाएत उनका श्रीमान रित बहादुर कटुवालले आग्रह गरेका छन् । यस्तै हराएकी उमालाई प्रहरी कार्यालय कटारीले समेत खोजि गरिरहेको जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय