ब्रेकिङ न्युज


#सामाजिक

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना बिरामी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 21,2019


RatoParkhalजंगली च्याउ खाँदा उदयपुरमा १२ जना बिरामी

ईखबरपत्रिका

५ साउन, २०७६ 

उदयपुरमा जंगली च्याउ खाँदा १२ जना बिरामी परेका छन् । छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

जंगली च्याउ खाँदा कटारी नगरपालिका ४ सिसाघारीमा दुई परिवारका ७ जना र त्रियुगा नगरपालिका ९ राजावासमा एकै परिवारका ५ जना बिरामी भएका हुन् ।

 

कटारी सिसाघारीका ३५ वर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा टंककुमारीसहित छोराहरु १४ वर्षका अनिश, ११ वर्षका महेन्द्र र ९ वर्षीया छोरी सुजिता दनुवार बिरामी भएका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

टंक कुमारीका छिमेकी २० वर्षीय गंगा कुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ बिरामी परेका छन् ।

 


यस्तै, त्रियुगा नगरपालिका ९ राजावासका ४० वर्षका चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमायाँ दनुवार, छोरा २० वर्षका अनिश, ११ वर्षका मनिस र १७ वर्षीया रबिना दनुवार समेत बिरामी भएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले वताए । बिरामी सबैको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय