ब्रेकिङ न्युज


#राजनीति

लोकसेवा र सरकार विरुद्द उदयपुरमा पनि प्रदर्शन, मन्त्री र अध्यक्षको पुत्ला जलाइयो, भोली कटारीमा पनि बन्द हुने ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 19,2019


RatoParkhalलोकसेवा र सरकार विरुद्द उदयपुरमा पनि प्रदर्शन, मन्त्री र अध्यक्षको पुत्ला जलाइयो, भोली कटारीमा पनि बन्द हुने ।

ईखवरसम्वादात
३ गते, शुक्रवार
उदयपुर
–लोकसेवा आयोगले आरक्षण कोटा अटाएकोमा विरोध गर्दै उदयपुरमा पनि शुक्रबार प्रदर्शन भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री र लोकसेवा आयोगकका अध्यक्षको पुत्ला दहन समेत गर्दै विरोध प्रदर्शन गरेको हो । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति उदयपुरको अगुवाईमा उक्त कार्यक्रम भएको हो । 

गाईघाट बजारको मुख्य सडकमा प्रदर्शनकारीले पुत्ला जलाउने क्रममा प्रहरीले रोक लगाएका थिए । सो क्रममा पुत्ला प्रहरी र प्रदर्शनकारी बिच खोसाखोस भएको थियो । प्रदर्शनकारीको बीचमा जलाइएको पुग्ला नियन्त्रण गर्न प्रहरीलाई कठिन भएको थियो । बल जफती प्रदर्शनकारीले जलाएको पुत्ला प्रहरीले खोसेको थियो । पुत्ला खोसेपनि प्रदशृनकारीले लोकसेवा आरक्षण हटाउने निर्णय कागज जलाएका थिए ।

चर्को नाराबाजी गर्दै सरकारको विरोध गरेका प्रदर्शन कारीले आदिवासी, जनजाती, अपांग, दलित लगाएतको आरक्षण कोटा हटाएर संविधान बिपरीत काम गरेको आरोप लगाएका छन् । गाईघाट बजार परिक्रमा गर्दै उनीहरुले विपीचौकमा कोणसभा गरेका थिए ।

कोणसभामा बोल्दै नेपाल आदिवासी जनजाती महासंघ उदयपुरका अध्यक्ष केशव मगरले लोकसेवाले आरक्षण सम्बन्धी निर्णय फिर्ता नलिएको खण्डमा कडा आन्दोलनमा उत्रने बताए । भोली श्रावण ४ गते शनिवार १ नं. प्रदेश बन्दको आव्हान गर्दै उनले संविधानले दिएको अधिकार कुनै पनि हालतमा नछाड्ने चेतावनी दिनु भयो । सरकारले यस निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनले बताएका छन् ।

लोकसेवाको विज्ञापन फिर्ता गरीनु पर्नेमा भोली कटारीमा समेत बन्दको तयारी भएको नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समितिका अध्यक्ष केदार राना मगरले बनाउनु भयो । 

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय