ब्रेकिङ न्युज
प्रकाशित मिति: July 17,2019
उनको यादमा:
------------------------------------------------
मुटुभरि उनको माया,आँखाभरि छायाँ।
उनकै यादमा कोल्टे फेर्छु गर्दै दायाँबायाँ ।।
गाई चराउँदा सँगै खेथ्यौं दुवै हामी रानीवनमा।
उनकै यादले जरो गाड्यो आज मेरो मनमा।।
छुट्टिएर बस्दा पनि किन लाग्छ उनकै माया।।
उनकै यादमा कोल्टे फेर्छु गर्दै दायाँबायाँ ।।
शिर हुन्थ्यो काखमाथि बस्दा ढुङ्गो माथि ।
वेचैनीले घेर्छ मलाई निद हुन्न कुनै राती।।
कस्तो हुँदो रैछ माया मैले आज चाल पायाँ।
उनकै यादमा कोल्टे फेर्छु गर्दै दायाँबायाँ ।।
-विष्णु मुरी मगर
कटारी-१४, लेखानी (उदयपुर)