ब्रेकिङ न्युज


#प्रबास

कुवेतको अस्पतालमा रहेका चापागाईँको निधन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 17,2019


RatoParkhalकुवेतको अस्पतालमा रहेका चापागाईँको निधन

कुवेत । कुवेतको अल आदान अस्पतालमा लामो समयदेखि कोमामा रहेका भागिरथ चापागाईँको निधन भएको छ । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका उनको  आइतबार बिहान निधन भएको हो ।

बर्दघाट नगरपालिका–१२ नवलपरासी घर भएका चापागाइँको विगत अढाई वर्षदेखि अर्धचेत अवस्थामा उपचार भैरहेको थियो ।

चापागाईँ गत ७ जनवरी २०१७ का दिन कुवेत स्थित महाबुल्ला भन्ने ठाउँमा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिए पछि गम्भीर घाइते भएका थिए ।

भागीरथ अस्पताल भर्ना भएदेखि प्रत्यक्षरूपमा सहयोग पुर्‍याउँदै आएको लुम्बिनी समाज नेपाल कुवेतले उनको स्वदेश फिर्तीको लागी सहयोग अभियानसमेत चलाएको थियो । सहयोग अभियानबाट ४ हजार केडि भन्दा बढी रकम संकलन भएको थियो।

मृतक भागिरथको शव कुवेतको फ्रान्सिस साइन्समा राखिएको कुवेतस्थित नेपाली राजदूतावास श्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउने तयारीसमेत थालेको थियो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो