ब्रेकिङ न्युज


#समाचार

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन र हरियो चुरा लगाउने महिना, साउन भरी महादेवको मन्दिरहरु भिडभाड हुने

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 17,2019


RatoParkhalआज साउने संक्रान्ति, लुतो फाल्ने दिन र हरियो चुरा लगाउने महिना, साउन भरी महादेवको मन्दिरहरु भिडभाड हुने

साउन १, बुधवार
उदयपुर
– सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङक्रान्तिका रुपमा मनाईदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाईन्छ ।
अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने छाला सम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविदहरु बताउँछन् । असार भरी खेतमा काम गरी आप्mनो काम सकिएको अवसरमा साउन १ गते सबै किसानहरु जम्मा भई रमाइलो गर्ने परम्परा छ । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आ आप्mनो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । साउन महिनालाई विशेषरुपमा भगवान शिवको पूजा गरेर मनाईन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने सोमबारे बर्त बसेर शिवको पुजा गरेर मनाईन्छ ।
साउन महिना भरि देशैभर रहेको महादेवको मन्दिरहरुमा मेला जात्रा लाग्ने गर्दछ । तिर्थालु भक्तजनहरुको भिडभाड लाग्ने गर्दछ । भारत लगाएत विभिन्न ठाउँहरुबाट बोलबम भन्दै साधुको पहिरनमा समेत धेरै तिर्थालुहरु नेपालको पशुपतिनाथ, हलेशी महादेव लगाएत मन्दिरहरुमा भिड लाग्ने गर्दछ ।
सगरमाथा र हलेशीको प्रवेशद्वार भनेर चिनिने उदयपुरको कटारी बजारमा समेत ईलाम, झापा, मोरङ, सुन्सरी, धनुषा, सिराहा, सर्लाही, काठमाण्डौ, भक्तपुर लगाएत देशैभरका विभिन्न ठाउँ छिमेकी देश भारतका पनि विभिन्न ठाउँबाट हलेशी महादेवको दर्शन गर्न हिडेका यात्रुहरुको घुइचो लाग्ने गर्दछ । सिराहा र उदयपुरको सिमानामा रहेको कमला नदी किनारको उत्तरयाणीबाट कमला नदीमा स्नान गरी जल लिएर ताराघारी स्थित महादेव गुफामा चढाउने चलन छ । कटारी नगरपालिका भित्र रहेका वडा नं. १ स्थित खसिबास महादेव गुफा र ताराघारी मा रहेको महादेव गुफामा समेत दर्शनार्थीहरुको घुईचो लाग्ने गर्दछ ।
हलेशी दर्शनमा आएका तिर्थयात्रीहरुले ओखलढुंगा र खोटाङको संगम स्थल जयरामघाटमा दुधकोशीमा स्नान गरी जल लिएर हलेशी महादेवलाई चढाउने चलन रहेको छ ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय