ब्रेकिङ न्युज


#समाचार

धारिलो हतियार प्रहार गरी लखेटी–लखेटी छोराले आफ्नै आमाको हत्या

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 10,2019


RatoParkhalधारिलो हतियार प्रहार गरी लखेटी–लखेटी छोराले आफ्नै आमाको हत्या

वीरगन्ज महानगरपालिका २४ रामगढवामा छोराले आमाको हत्या गरेका छन् । ४० वर्षीया आमा शोभा देवीको उनका छोरा २० वर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन । सल्लाह नगरी भैंसी बेचिदिएको निहुँमा गुडडुले आमा शोभा देवीको हत्या गरेको प्रहरीले जनाएको छ ।

भैंसी बेचेको विषयमा मङगलबार दिउँसो आमा छोराबीच विवाद भएको थियो । विवादको क्रममा आक्रोशीत हुदै छोराले आमा शोभा देवीको घाँटी र अनुहारमा धारिलो फलामको हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

धारिलो हतियार प्रहार गर्न थालेपछि भाग्ने क्रममा आमा शोभादेवीलाई लखेटदै गुड्डुले सडकमा पुगेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गुडडुलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनु भयो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय