ब्रेकिङ न्युज


#समाचार

आफ्नै छोराले खुकुरी प्रहार गरी आमाको टुक्रा टुक्रा पारेर हत्या

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 5,2019


RatoParkhalआफ्नै छोराले  खुकुरी प्रहार गरी आमाको टुक्रा टुक्रा पारेर  हत्या

काठमाडौँ ,सप्तरीको सुरुङ्गा नपा–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीलाई आज साँझ खुकुरी प्रहार गरी आफ्नै छोराले हअत्या गरेको छ । हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय छोरा रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई पक्राउ समेत गरेको छ ।

शवको नजिकै आँगनमा दुवै हातमा खुकुरी लिएर उफ्रिरहेको अवस्थामा आरोपितलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय कडरबोनामा नियन्त्रणमा राखिएको सप्तरी प्रहरीले जनाएको छ । खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडी तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव फेला परेको थियो ।

खुकुरी बोकेर धम्क्याई रहेको अवस्थामा आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय भेडियाका इन्स्पेक्टर प्रकाश बस्नेतले बताए । मोबाइलमा रिचार्ज र घरमा खैनी सकिएको धनमायाले भनेपछि उनका पति ६५ वर्षीय लोकबहादुर पुलामी बजार निक्लिएका बेला छोराले नै आमाको हत्या गरेको बताइएको छ । शवलाई पोष्टमार्टमका लागि राति नै रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहान पुर्‍याइएको छ । जङ्गबहादुर मनोरोगी भएको बताइएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय