ब्रेकिङ न्युज


#मनोरञ्जन

दुर्गा बिरहीको निर्देशनमा “परदेशी माया” सार्वजनिक

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 4,2019


RatoParkhalदुर्गा बिरहीको निर्देशनमा “परदेशी माया” सार्वजनिक

काठमाडौँ ,चर्चित गायिका देबि घर्ती मगर र गायक शेर कृष्ण सुनारको स्वर रहेको नयाँ गीत “परदेशी माया” सार्वजनिक भएको छ । उक्त गीतमा शेर कृष्ण सुनार र सानु पि.एम.को शब्द रहेको छ भने सङ्गीत सुनारको नै रहेको छ ।

दुर्गा बिरहीको निर्देशन रहेको यस गीतमा दिनेस मुस्कानको सम्पादन रहेको छ । यसअघि पनि बिरहीले निकै कर्णप्रिय गीत संगीतहरु बजारमा ल्याएर अशंख्य स्रोता दर्शकहरुको मन जित्न सफल भैसकेको छ ।

उक्त गीतमा जिवन भोगाईका क्रममा बाध्यताले अर्काको देशमा पसिना चुहाएसंगै आफ्नो जन्मभुमी फर्किएर संगै घुम्ने कुरालाई चित्रण गरिएको छ । आत्म विस्वाश फिल्मस् प्रालिको प्रस्तुतीमा सार्वजनिक उक्त गीतको छायांकन गोपाल कुमार बि.सी. र कृष्ण श्रेष्ठको रहेको छ । दिनेश मुस्कान र दिल माया गर्बुजा ले यसै म्युजिक भिडियो मा अभिनय गरेका छन।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय