ब्रेकिङ न्युज


#समाचार

सिरहामा ९ महिनाकै बालिका बलात्कृत, बालिकाको अवस्था गम्भिर !

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 4,2019


RatoParkhalसिरहामा ९ महिनाकै  बालिका बलात्कृत, बालिकाको अवस्था गम्भिर !

इखबर सम्बादाता

असार १८, बुधबार

सिराहा- लहान नगरपालिका २४ मा ९ महिने एक जना बालिका बलात्कृत भएको छ । बलात्कार गर्ने १४ बर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोहि नभएको मौका छोपेर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । घरका मानिसहरु खेत गएका बेला ९ महिनाकी बालिका बलात्कार भएकी थिइन । 

बलात्कृत बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी हुन् ।बलात्कृत बालिकाको अवस्था गम्भिर रहेको पारिपारिक स्रोतले जनाएको छ । बालिकालाई अत्यधिक रक्तस्राब भएको छ । उनलाई स्वास्थ्य परिक्षणका लागि बाहिर पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय