ब्रेकिङ न्युज


#समाचार

आमालाई मान्छे लाएर मारेको आरोपमा छोरीलाई यस्तो सजाए हुदै

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 3,2019


RatoParkhalआमालाई मान्छे लाएर मारेको आरोपमा छोरीलाई यस्तो सजाए हुदै

काठमाडौँ ,भक्तपुर चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । सो घटना दिउँसो हत्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो । यस.यस.पी सहकुल थापाको अनुसार यस घट्ना बिरुद्द ४ जना अभियुक्त लाई पक्राउ गरिएको जनाएको छन ।

उनिहरुलाई कर्तब्यज्यान शिर्षक अन्तर्गत म्याद थपेर उनीहरुमाथि मुद्दा चलाएको जनाएको छन । प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मोहम्मद रहिश र अभियुक्त ईश्वरीलाई पक्राउ गरेको हो ।

पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले मृतककी छोरी ईश्वरीले आफ्ना प्रेमी नौसादसँग भएको प्रेम सम्बन्धबारे आमाले थाहा पाउने र आफ्नो प्रेममा आमाले विरोध गर्ने डरले आमालाई मार्ने योजना बनाएको अनुसन्धानमा खुलेको बताए । मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको महाशाखाले जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय