ब्रेकिङ न्युज


#घटना

कटारीमा चक्कुले घाँटी रेटी सौताको हत्या

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 23,2019


RatoParkhalकटारीमा चक्कुले घाँटी रेटी सौताको हत्या

ईखवर सम्वादाता
८ गते असार
उदयपुर– कटारी नगरपालिका वडा नं. ४ मरुवामा आईतवार एक महिलाको घाँटी रेटी हत्या भएको छ । दिउँसो करिव १२ः४० बजेको समयमा महिलाको हत्याभएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । श्रीमान घरमा नभएको बेला आप्mनै घरमा बोलाई सौता सिता राईले तरकारी काट्ने चक्कुले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । ६ महिना अघि कान्छि विवाह गरी प्रधान राईले लक्ष्मी राईलाई घर भित्र्याएको थियो । श्रीमान प्रधान राई टेम्पो व्यवसायी हुन उनले जेठी श्रीमतीलाई १०० मिटरको दुरीमा अर्को घर बनाई राखेका थिए । हत्याको आरोपी ३० बर्षिया मृतककी सौता सीता राईलाई प्रहरीले पक्राउ गरिसकेको छ । श्रीमान प्रधान राईलाई अनुसान्धनको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय