ब्रेकिङ न्युज


#समाचार

कटारीमा डेगुँ र लामखुट्टेलाई नियन्त्रण गर्न शुरु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 18,2019


RatoParkhalकटारीमा डेगुँ र लामखुट्टेलाई नियन्त्रण गर्न शुरु

मोहन सुनुवार
३, असार २०७६

उदयपुर–कटारी नगरपालिकाले आज डेगुँ र लामखुट्टेलाई नियन्त्रण गर्न कटारी बजार परिसरमा  औषधी छर्केको छ । उदयपुरमा पनि डेगुँको लक्षण देखा पर्न थाले पछि र स्थानियले पटक पटक गुनासो गर्न थाले पछि आज बाट औषधि हानिएको हो । बिशेष गरी असार, साउन र भदौ महिनामा बढि जस्तो पानि जम्ने स्थान जहाँ मानिसहरुको घना बस्ति हुन्छन र नाला, जमेको पानिमा लामखुट्टेहरुले लार्भा उत्पादन गर्ने भएकाले लार्भाहरुलाई नष्ट गर्ने उद्देश्यले आज नगरपालिकाले यो कार्य गरको हो । डेंगुको माहामारी फैलिएको खबर बाहिर आए सँगै कटारीका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सम्भावित त्यस्ता ठाउहरुमा कटारी नगरपालिकाले पनी डेंगूको माहामारी रोकथाम गर्न आज बाट शुरू गरेको बताउनु भएको छ।

यस अघि बैठकमा औषधि हान्नु पुर्व जन सर्वसाधरणलाई पुर्णरुपमा जानकारी गराएर मात्रै औषधि छर्ने भनिए पनि आज अकास्मत दिउसो बाट औषधि हानिएको हुनाले आगामी दिनहरुमा सबै समक्ष जानकारी गराएर मात्रै औषधि छर्कने कटारी नगरपालिकाका सब इन्जिनियर तथा सुचना अधिकारी ओम बहादुर मिश्रले बताउनु भयो ।

यस्तै डेगुँ प्रकोप महामारीको रुपमा फैलिएको हुँदा र डेगुँ एक प्रकारको “एडिच” भन्ने लामखुट्टे मार्फत सर्ने भएकोले त्सस्ता लामखुट्टेहरुलाई मार्ने अभियानमा आज औषधि प्रयोग गरिएको हो । लामखुट्टे मार्ने केमिकल, मट्टितेल र पेट्रोल राखेर धुँवाँ जस्तो बनाएर प्रयोग गरिएको हो । डेगुँ फैलाउने लामखुट्टे घाम उदाय पछि र घाम अस्ताउनु भन्दा अगाडि दिनमा मात्रै त्यसले मानिसलाई टोक्ने भएकोले त्यस्ता लामखुट्टेलाई मार्नको निम्ती प्रयोग गरेको हो ।

औषधि छर्कदाँ विभिन्न किसिमको लामखुट्टेहरु जस्तै डेगुँ, कालाजार फैलाउने सबै खालका लामखुट्टेहरु मर्ने भएको हुँदा यो अभियान शुरु गरेको हो । औषधि छर्कनु पहिलेनै मानिसहरुमा जानकारी गराउने जस्तो खाना बनाउदै गरेको र बनाएर राखेको खानाहरु छोपेर राख्नु पर्ने हुन्छ किनभने खानामा औषधि प¥यो भने स्वास्थ्यमा असर पर्ने खुल्ला रहेको शरिरहरुमा पोल्ने यदि त्यस्तो असर परेमा तुरुन्तै नुहाईहाल्ने र दमको बिरामी हुनेहरुमा श्वास फेर्न एकदमै गार्हो हुने भएकोले पहिलेनै सबैलाई जानकारी गराएर मात्रै औषधि छर्कनु पर्ने भएपनि यी औषधिहरु मनिसकोलागि त्यत्ति हानिकारक नभएको हुनाले मानिसमा असर नपरिहाल्ने कटारी अस्पतालका मेडिकल सुपरटेन्डेन डा. पवन कुमार शाहले बताउनु भयो ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय