ब्रेकिङ न्युज


#सामाजिक

कसैको सहयोग नपाएपछि सुक्दै गए विचरा ''तुल बहादुर''

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 18,2019


RatoParkhalकसैको सहयोग नपाएपछि सुक्दै गए विचरा ''तुल बहादुर''

मोहन सुनुवार
३ गते मंगलवार
उदयपुर–कटारी नगरपालिका १ सिस्नेरीमा ३० घर सँङ्ख्या छन भने सिस्नेरी पुग्नु भन्दा अगाडिनै आउछ ३,४ घरको एक बस्ति जहाँ मगर जातिको मात्रै बस्ति रहेछ । साँझको ५ बजिसकेको थियो, थोरै समय निकालेर म पर बाट हेर्दा एकदमै बृद्ध र अशक्त देखिने मानिस भए तिर लम्किए, उनि थिए  तुल बहादुर मगर । उ आफैमा अशक्त हुँदाहुदै पनि बुवा र आमाको लागि बाहिर चुलामा गहुँको रोटि भोर्लाको पातमा पकाउँदै हुनुहुन्थ्यो ।  

३६ वर्षिय बिबाहित मगरकोे श्रीमती र ३ छोरा रहेछन । तर तुल बहादुरको अवस्था बिग्रिन थाले पछि श्रीमती र ३ छोरा श्रीमतीको माईती घर धनुषामा भएकोले अहिले तुल बहादुर र उहाँको बुवा आमा बाहेक उहाँका सबै छोरा र श्रीमती पहिले देखिनै माईतमै बस्ने गरेको उनि बताउछन । त्याहाँ मध्यकै एकदमै पुरानो, झुप्रो थाकलले छाएको घर छ, कहिले काँहि मट्टितेल भैहाले मात्रै त्यो घरमा बत्ति बल्ने तुल बहादुर बताउछन । हाल तुल बहादुर सँग उहाँका बुढाबुढि भैसकेको बुवा नर बहादुर मगर र आमा बिष्णु मायाँ मगर मात्रै छन । उहाँहरु प्नि केहि गर्न सक्ने स्थितिको हुनुहुन्न ।

उहाँको शरिर हेर्दा एकदमै कमजोरी र दयनिय अवस्थामा देखिन्थ्यो  । मासु सबै घटेर छाला बाट प्रष्ट रुपले शरिरको हाडहरु देख्न सकिन्थ्यो । पहिले यस्तो अवस्था नभएको पुर्ण रुपमा उहाँ स्वस्थ हुनुहुन्थ्यो एक पटक साउदि अरेवियामा ३ वर्ष बसेर समेत आउनु भएको रहेछ तुल बहादुर, २ वर्ष देखि यस्तो भएको बताउँछन । सिरहा नजिकैको अस्पतालमा गएर शरिर सबै जाँँच गराई एक्सरे समेत गरेको तर त्यस्तो कुनै रोग भने पत्ता नलागेको भए पनि औषधि भने अन्दाजको भरमा खाने गरेको बताउछन । दुई पटक गरी स्थानिए रमेश तामाङले ४ हजार पाँच सय दिई सक्नु भएको तामाङ बताउछन ।

खाना रुच्ने तर पानि धेरै खान नहुने यदि खाईहालेमा पानि घाँटिको देब्रे पट्टिको भाग बाट सानो छिर्का बाहिर निस्किने तुल बहादुर बताउछन । निन्द्रा एकदमै लाग्ने, घाममा हिड्न मन नलाग्ने, चिसोमा हिड्न मन लाग्ने, छेपारीहरु एकदमै दुख्ने र हिड्न नहुने खुट्टा कटकटि खाने, खानामा बढि गुहुँको सुख्खा रोटि खान मन लाग्ने पिढित मगर बताउनु हुन्छ ।

२,३ पटक अस्पताल गैसक्नु भएको तुल बहादुर प्रत्येक पटक अस्पताल जादाँ ८,९ हजार सम्म खर्च भएको बताउछन । औषधि खाँदा एक पटक मोटोपन आएको तर दिशा पिशाव गरे पछि घट्ने र जस्ताको त्यस्तै भएको मगर बताउछन । धेरै टाढा जान नसक्ने तर घर ओरिपरि हिडडुल गर्न सक्ने उहाँको भनाई छ । गाउँलेहरु बाट पचास देखि सय सम्म चन्दा आउने गरेको भए पनि  आफु श्वस्थ भएर काम गरेर खान सक्ने भईदिए उसको लागि सबै भन्दा ठुलो कुरा हुनेथियो गुनासो पोख्नु भयो ।

बिदेश बाट नेपाल फर्किए पछि मगर कार्पेन्टरको काम गर्नु हुन्थ्यो नेपालमा । शारिरिक रुपमा अशक्त भए पनि सिप भने उहाँले बिर्सनु भएको छैन अझै पनि बनाउन सक्ने मगर भन्नुहुन्छ । काम गर्ने भएकोले पहिला धेरै जस्तो जाँड रक्सी खान्थे सायद त्यसैले पो हो कि अहिले आफु यस्तो अवस्थामा आएको भन्ने आफैलाई शँका लाग्छ उहाँ भन्नु हुन्छ । यस्तै अस्पताल गएर औषधि खाए पनि मगरले लुकेर जाँड, रक्सी खाने गरेको थाहा पाए पछि आफुले गालि गरिदिएको स्थानिय तामाङ बताउछन ।


सोहि ठाउँको तर अलिक परै घर भएको रमेश तामाङले म दश हजार दिन्छु गएर उपचार गराउनु भन्दा पनि उहाँलाई अस्पताल सम्म लाने मान्छेनै भएनन, आफन्तले पनि बेवास्ता गर्ने गरेको र यदि लाने व्यक्ति पाईहालेमा बिरामी स्वयंम जान नमानेकै कारण आज सम्म तुल बहादुरको स्थिती दर्दनाक अवस्थामा पिल्सीरहेको छ । यदि अस्पताल सम्म लाने मान्छे भइदिए अहिले पनि सहयोग गरेर मगरलाई बचाउन म तयार छु भनेर तामाङ ले फोन मार्फत बताउनु भयो ।

अहिले सम्म आयश्रोतको कुनै बाटो नभएको र परिवारमा कोहि पनि कमाउन सक्ने व्यक्ति नभएकाले बुवा र आमा को बृद्धा भत्ताले जिविको पार्जन गर्ने गरेको मगर भन्नु हुन्छ । तपाई हाम्रो एक सानो सहयोगले तुल बहादुरको ज्यान पो बचाउन सकिन्थ्यो कि ?

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय