ब्रेकिङ न्युज


#समाचार

उदयपुरगढी गाउँपालिकामा वडा नं. २ ले गरे अन्तर बाल क्लव स्तरिय सांस्कृतिक कार्यक्रम

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 16,2019


RatoParkhalउदयपुरगढी गाउँपालिकामा वडा नं. २ ले गरे अन्तर बाल क्लव स्तरिय सांस्कृतिक कार्यक्रम

ईखवरसम्वादाता
१ गते असार २०७६    
उदयपुर– उदयपुरढी गाउँपालिका वडा नं. २ को मान्सिङटारमा बालबालिकाहरुको आपूm भित्ररहेको कला प्रदर्शन होस भन्ने उद्देश्यले अन्तर बाल स्तरीय साँस्कृतिक कार्यक्रम भएको छ । प्रथम हुनेमा लालिगुराँस बाल क्लव (गेर्खे आधारभूत विद्यालय), दोश्रो जुनतारा बाल क्लव (जनशक्ति आधारभूत विद्यालय बर्रे) र तेश्रोमा ध्रुवतारा बाल क्लव (वर्रे मा.वि.) भएका हुन् । विजेताहरुलाई शिल्ड, प्रमाण पत्र र मेडलले सम्मान र उपस्थित अतिथिहरुलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियो ।


लुकेका कला र प्रतिभाको पहिचान, संस्कार र संस्कृतिको जगेर्ना हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रम जेष्ठ ३१ गते शुक्रवार का दिन वडा नं. २ को कार्यालय मान्सिङटारले आयोजना गरेको थियो । वडामा भएको ६ ओटा बाल क्लव, लालिगुराँस बाल क्लव, जुनतारा बाल क्लव, ध्रुव तारा बाल क्लव, चम्पावती बाल क्लव, देउराली बाल अधिकार चेतना बाल क्लव र हिमचुली बाल क्लवको सहभागि भएको थियो । त्यस्तै उदयपुरगढी गाउँपालिका वडा नं. १ बाट सहभागी भएका सगरमाथा वाल क्लव तावाश्री बाट प्रस्तुत गरिएको बालविवाह सम्बन्धी नाटक प्रशंसनीय थियो ।


उदयपुरगढी वडा नं. २ का वडा अध्यक्ष ईन्द्र बहादुर राउतले सभाध्यक्ष ग्रहण गर्नु भएको थियो भने उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधव सुवेदीले प्रमुख आतिथ्य ग्रहण गर्नु भएको थियो । “बालबालिकाहरुको प्रतिभाहरुको कदर गर्दै जनप्रतिनिधिहरुले विशेष बजेटको व्यवस्था गरी बालबालिकाहरुलाई सम्मान गर्नु पर्ने पर्छ” प्रमुख अतिथि सुवेदीले बताउनु भयो ।


त्यस्तै गरी कार्यक्रममा अतिथिको रुपमा सहभागी हुनभएका वडा नं. ३ का वडा अध्यक्ष मनोजकुमार कार्कीले आप्mनो वडा लाई समेत मार्गदर्शन तथा अनुकरणीय पाठ सिकाई भएको बताउनु भयो ।
बलबालिका नै भविष्यको देश निर्माण गर्ने कर्णधार भएको हुनाले अवको दिनमा बालबालिकाहरुको सिकाईमा सुधारान्मुख बनाईदै बजेटको यथोचित व्यवस्था गरी कार्यान्वयनमा ध्यान पु¥याउने छु कार्यक्रमका सभाध्यक्ष तथा २ नं. वडा अध्यक्ष ईन्द्र बहादुर राउतले बताउनु भयो ।

संविधानद्वारा बालबालिका र भाषा तथा संस्कृतिको हकको बारेमा स्पष्टरुपमा व्यवस्था गरिएको हुँदा सो विषय सँग सम्बन्धित कार्यकलापहरु संचालन गर्दै तत् क्षेत्रको श्रीवृद्धीको लागि स्थानीय सरकारको पनि अहम् भूमिका रहेको वडा सचिव रमेश सुनुवारले बताउनु भयो ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय