ब्रेकिङ न्युज


#खेलकुद

कटारीमा सितोरीयो कराते खेल सुरु, जिल्लाका ६० खेलाडी सहभागी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 7,2019


RatoParkhalकटारीमा सितोरीयो कराते खेल सुरु, जिल्लाका ६० खेलाडी सहभागी

  • मोहन सुनुवार

२४, जेठ २०७६


स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आज कटारी नगरपालिमा प्रथम कटारी मेयर जिल्ला सितोरियो कराते प्रतियोगिता सुरुभएको छ । कटारी नगरपालिकाको प्रायोजनमा सितोरियो कराते डो कटारीले आयोजना गरेको अध्यक्ष सुरेश थापा मगरले बताउनु भयो ।

नगर उप प्रमुख श्री भिम कुमारी राउतले पानसमा बत्ति बालेर खेलको उद्घाटन गर्नुभएकोे थियो । युवा पुस्ताको खेल प्रतिको जोस जाँगरलाई नगरले त्यसै खेर जान दिने छैन सवै खेल प्रेमि युवाहरु आ आफनो क्षेत्रबाट नगरको इज्जतको लागि अघि बढ्न आग्रह गर्दै खेलकुदको लागि नगरले आउँदो आ.ब.मा पर्याप्त बजेट छ्टयाउने र सम्पन्न हुन बाँकि कबर्डहल आफ्नो कार्यकाल भित्रमा जसरी भए पनि सम्पन गरेरै छाड्ने उहाँले बताउनु भयो । नेपाल खेलकुद प्रतिष्ठान राष्ट्रिय खेलकुद परिसदका उप निर्देशक तथा नेपाल कराते महासँघ वरिष्ठ कराते प्रशिक्षक श्री महेन्द्र कुमार राई, विभिन्न वडाका वडा अध्यक्षहरु, लगाएत जिल्ला खेलकुद विकास समितिका सदस्यहरु र खेलप्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो ।

 आज सम्पन्न भएको खेलमा ४० केजी तौलमा लक्कि कडेल कटारीबाट फाईनलमा प्रबेश, समुन्द्र राई गाईघाट बाट तृतिय स्थान हासिल गर्न सफल, ५५ केजी तौलमा महिला तर्फ भुमिका राईलाई पराजित गर्दै दिपा खत्री गाईघाटका सेमिफाईनलमा प्रबेश गरेको छ ।

 ५० केजी तौलमा विजय राई फाईनलमा प्रबेश भएको छ भने दविन राईले तृतिय स्थान हासिल गरेको छ । ५० केजी तौलमा महिला तर्फ कृतिका राई गाईघाटका फाईनलमा प्रबेश गरेको छ भने चाँदनी राई कटारीका तृतिय स्थान प्राप्त गरेको छ । ६० केजी तौलमा पुरुष तर्फ बिमल काजी श्रेष्ठ फाईनलमा प्रबेश गरेको छ भने केशब राईले तृतिय स्थान आसिल गर्न सफल भएको छ । ६० केजी तौलमा गोरख दनुवारलाई हराउदै कृष्ण महत्तो सेमिफाईनलमा प्रबेश गरेको छ । ४० केजी तौलमा महिला तर्फ पुर्णिमा बि.क. फाईनलमा प्रवेश गरेको छ भने अञ्जली मगरले तृतिय स्थान प्राप्त गन सफल भएकी छिन ।

 यस्तै आजै भएको अन्तिम खेलमा ३० केजी तौलमा पुरुष तर्फ महेश कार्कीलाई हराउदै प्रशान्त तामाङ सेमिफाईनलमा प्रबेश गरेको छ भने ३० केजी तौलमा रोहित तामाङलाई हराउदै धन बहादुर तामाङ फाईनलमा प्रबेश गरेको छ ।

दुई दिन सम्म सञ्चालन हुने खेलमा २५ गते बिहान ६ बजे देखि सुरु भएर दिउँसो ४ बजे समाप्त हुने उदयपुर जिल्ला खेलकुद बिकाश समिति कराते प्रशिक्षक प्रकास राम राईले बताउनु भयो ।  उदयपुर जिल्ला भरीका ६० खेलाडी सहभागी रहेको छ ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय