ब्रेकिङ न्युज


#समाचार

एक पटक पढनै पर्ने कथा : ताप्लीका निर बहादुरलाई पुनर्जीवन दिने राजेश : सके सहयोग गरौ नसके शेयर गरौ

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 5,2019


RatoParkhalएक पटक पढनै पर्ने कथा : ताप्लीका निर बहादुरलाई पुनर्जीवन दिने राजेश : सके सहयोग गरौ नसके शेयर गरौ

समय र परिस्थितिले मान्छेलाई नसोचेको काम गर्न पु¥याउँदो रहेछ । मन मा दया र धर्म पैदा भएपछि सकारात्मक काम गर्दा जस्तो कठिनाई भए पनि त्यसको नजिताले खुशी तुल्याउँदो रहेछ । त्यस्तै गरी चैदण्डी गढी नगरपालिका वडा नं. ३ का राजेश खतिवडाले आपूmले भोगेको र गरेको कार्य ईखवर सम्वादाता मोहन सुनुवार सँग यसरी राखे ।

मलाई जाल्पा एकिकृत बिकाश समाजले विपद जोखिमको लागि ताप्ली गाउँपालिकाको वडा नं. २ र ३, उदयपुरगढिको वडा नं. २ र त्रियुगा नगरपालिकाको १५ नं. वडा हेर्ने जिम्मेवारी दिएको थियो । त्यसै कामको शिलशिलामा ताप्ली गाउँपालिकामा महिनामा ३÷४ पटक पुगिरहनु पर्ने हुन्थ्यो । कामै कामले मलाई एक दिन ताप्ली गाउँपालिकाको वडा नं. ३ इनामे पु¥यायो । काम र हिडाईको थकानले मलाई कतै विश्राम गरी एक कप चिया पिउदै शरिरमा भएको थकाईमार्न मन भयो । एक जना दाईलाई सोधे –दाई यहाँ चिया कहाँ पाईन्छ ? दाईले बताउनु भए अनुसार म त्यस घरमा पुगे अनि चिया खान मन भएको कुरा सुनाए । म जुन घरमा चिया पिउन पुगेँ त्यो निर बहादुर मगरको रहेछ ।

 

२०७४ साल चैत्र १३ गतेका दिन बाख्रालाई घाँस काट्न भनि रुखमा चढ्दा रुखबाट लढेर पछाडि पट्टिको भित्रि भाग कामै नलाग्ने भए पछि डाक्टरले भने अनुसार तिम्रो शरिर जस्ताको तस्तै बनाउन सकिदैन तर पनि यसो गर्दा केहि राम्रो हुन्छ भनेपछि उहाँको शरिरमा ५ वटा टाँका लगाएका रहेछन् । आधा शरिर चलाउन नसक्ने असक्त हुनुहुन्छ । घटना घटेकै दिन उहाँलाई उपचारका लागि धरानको घोपा अस्पताल लगिएको रहेछ । घोपा लगेर जसोतसो उपचार गराए पनि पहिले जस्तो हिडडुल गर्न सक्नुहुन्न रहेछ । नुहाउन, दिशा, पिशाव गर्न र आफैं उठ्न सक्नु हुन्न रहेछ । करिव एक महिना सम्म त उहाँले खाना समेत खानु भएन रे । विरामी हुनुभए देखि आज सम्म श्रीमतीले नै हेरबिचार गरिरहनु भएको रहेछ ।

खाना खुवाउने, दिशा, पिसाव सफा गरिदिने लगाएत अन्य समेत । धरान बाट उपचार गराएर घर फर्किए पनि समस्या भने जस्ताको तस्तै रह्यो निको हुन्छ होला भनेको झन बढ्दै गयो कोठाहरु अतिनै दुर्गन्धित थिए बाँच्ने आशा एकदमै न्यून थियो । पारिवारीक आर्थिक कमजोर भएपछि सहयोग गर्ने कोहि भएनन् तर पनि निर बहादुर बाँच्न चाहन्थ्यो । मन भरि निर बहादुरको चिन्ता बोक्दै म बाट तत्काल हुन सक्ने केहि भएन् । मैले केही सोच्नै सकिन
म सामान्य कुरा पछि फर्केर आप्mनो बाटो लाग्नु पर्ने बाध्य नै भएँ ।

केही दिन पछि कामै कामले पुनः म निर बहादुरको घर पुगेँ । त्यस समय सम्म बोल्न सक्ने बस्न सक्ने मोटोनै हुनुहुन्थ्यो उहाँको व्हिलचियर पुरानो र विग्रिसकेको थियो मैले महशुुस गरे बिरामीलाई व्हिलचियरको आवश्यकता रहेछ त्यस अवस्थामा देखेपछि बिरामीको एउटा फोटो खिचेर फेशबुकमा पोष्ट गरिदिए त्यस पश्चात व्हिलचियरको सहयोगको लागि एक जना दाता निस्कनुभयो उहाँले २० हजार रुपैयाँ पठाईदिनु भयो । त्यहि पैशा बाट ११ हजारको व्हिलचियर किनेर लिएर आउँदा बिरामीको अवस्था एकदमै नाजुक भैसकेको व्हिलचियर त ल्याइयो तर व्हिलचियरमा बस्नै नसक्ने बिरामी लगभग मर्नै लागेको अवस्थामा मैले भेटे । बिरामीको त्यो अवस्था देखे पछि म फेरी फर्किए अनि पुःन फेशबुकमा पोष्ट गरे निर बहादुर मगर अहिले झन जटिर अबस्थामा पुगेको र कोहि यदि त्यस्तो सहयोगि मन हुनुहुन्छ भने उहाँलाई सहयोग गर्नुस भनेर फेशबुकमा लगाए पछि फेरी उपचार गराउनको लागी एक जना सर राजी हुनुभयो ।

 

उहाँले फेरी २० हजार पठाईदिनु भयो । त्यस पछि बिरामीलाई बिराटनगरको नोबेल अस्पतालमा लगेर उपचार गराउन सफल भयौं । उपचार खर्च लगभग ४०,४५ हजार खर्च भयो सहयोगि दाता एकै जना हुनुहुन्छ र एक जना साथिले २ हजार सहयोग गर्नु भएको थियो । सहयोगि दाताको नाम खुलाउन नमिल्ने कसैले नाम सोधिहालेमा हजुरले नाम नबताई दिनु भन्नु भाछ । मैले आज सम्म मेरो बाउ आमालाई केहि गर्न सकेको छैन भने निर बहादुर त झन चिन्दै नचिनेको मान्छे ताप्ली पुगे पछि मात्रै भेटेको चिनेको बिरामीलाई ठाउँमा पु¥याएर एउटा मर्न लागेको मान्छेलाई बचाउन सके त्यसमा अलिक आत्म सन्तुष्टी भएको र यदि मैले उहाँलाई समयमा बिराटनगर को नोबेल सम्म पु¥याउन नसकेको भए सम्भवत उहाँ बाँच्ने अवस्था पनि थिएन ।

 

अन्तिम अवस्थामा पुगिसक्नु भाथ्यो र जुन ठाउँ वा निर बहादुर बसेको कोठामा अरु कोहि बस्न सक्दैन थियो तर आज उपचार भईसके पश्चात कोठा सफा  छ निर बहादुर पहिले भन्दा धेरै नै खाना खान सक्ने हुनु भा छ । बिराटनगर सम्म पुग्ने आर्थिक अवस्था पनि थिएन कमजोर परिवार भएकाले सहयोग जुटाएर उपचार गर्न सफल भईयो । अझै पनि त्यस्तो केहि समस्या प¥यो भने मलाई भन्नु भनेको छु । अफिसको कामले महिनामा २ पटक आउने गरेको आउँदा बिरामीलाई भेटेरै जाने गरेको छु । अन्तमा गाउँघर तिर भएको एउटा गरिव अपा∙ लाई सहयोग गर्न सकियो । अरु साथी निर बहादुर को अवस्था अझ पनि दयनिय छ केही साथी भाइले सहयोग गरे अझ निर बहादुरलाई जिउन सजिलो हुनेथियो । सहयोगको अपेक्षा सहित फेरी फेरी पनि यस्तै सहयोग गर्न सकियोस यहि भन्छु ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय