ब्रेकिङ न्युज


#समाचार

उदयश्री क्याम्पसमा पनि विश्व वातावरण दिवश मनाए ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 5,2019


RatoParkhalउदयश्री क्याम्पसमा पनि विश्व वातावरण दिवश मनाए ।

ईखवरसम्वादाता
२२ जेष्ठ, २०७६

उदयपुर– कटारी नगरपालिकामा रहेको उदयश्री बहुमुखी क्याम्पमा आज विश्व वातावरण दिवश मनाएका छन् । डिभिजन वन कार्यालय कटारीको आयोजना रहेको कार्यक्रममा कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा उदयश्री बहुमुखी क्याम्पसका वन तथा विज्ञान संकायका विद्यार्थी, शिक्षक, कर्मचारी, ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी, उद्योग बाणिज्य संघ, सामुदायिक वन माहासंघ तथा सामुदायिक वन समूहका पदाधिकारीहरुको उपस्थितिमा विश्व वातावरण दिवश मनाएको छ । 

हाम्रो वन जंगल जोगाउन हामी सबैको जिम्मेवारी रहेको र वन जोगाउन सके मात्र हामी स्वच्छ र स्वस्थ रहन सक्छौ प्रमुख अतिथि श्रेष्ठले बताउनु भयो । कार्यक्रममा विरुवा रोपेर श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । कार्यक्रम सफल बनाउन उपस्थित सबैजनाले क्याम्पसको प्राङगणमा विरुवा रोपेर सहयोग पु¥याएका थिए ।
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय