ब्रेकिङ न्युज


#स्वास्थ्य

पुस्तकको सहायताले योगा गर्दै “सुरेश”

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 23,2019


RatoParkhalपुस्तकको सहायताले योगा गर्दै “सुरेश”

९, जेठ बिहिबार २०७६
–मोहन सुनुवार 

धनगडिमाई नगरपालीका ७ फुलकाहा २०२१ मा जन्मनुभएका सुरेश प्रसाद सिंह बिगतमा मा.वि. मयांखु, प्रा.वि. केउरिनीमा पढाउनु भई हाल पंञ्चावती मा.वि. खसिवासमा प्राथमिक तहका स्थाई शिक्षक हुनुहुन्छ । उहाँ भन्नु हुन्छ पुर्वीय दर्शन अनुसार योग (योगा) भनेको तन र मनलाई नियन्त्रण गर्ने र स्वस्थ राख्ने एउटा साधन वा माध्यम हो । गणित मा यसको योगफल (जोड) हो भने भक्ति साधना अन्तर्गत मानव (साधक) को परमात्मा अर्थात, प्रकृति सँगको मिलन वा समियता हो । 

विगत ९,१० वर्षदेखि सामान्यरुपमा शुरु गरेको पछि केहि आयुर्वेदिक डाक्टरहरुको सल्लाह अनुसार समय बढाउँदै लगेको हुँ हाल १ सावा घण्टा समय दिने बताउनु हुन्छ । योग सुरु गर्दा सरल आसनहरुबाट शुरु गरेकोले खासै गार्हो महशुस नभएता पनि सामान्य जिउ दुखाईहरु आफैं निको हुने उहाँको भनाई छ । योगले स्वास्थ्यमा अनियन्त्रित तन, मन, भोजन र दिनचर्याले रोग व्याधिलाई निम्त्याउँछ तर पनि योगले र योगानुपरुपको आचरणले खासगरी कतिपय मानसिक रोगहरुलाई नियन्त्रण गर्छ ।

 

जस्तो उच्च रक्तचाप, हृदय घात आदि साथै शारीरिक रोग समन गर्न पनि फाईदा पु¥याउने बताउनु हुन्छ । खालि पेटमा योगासन गर्नुपर्ने भएकोले प्रभातकालिन समय उपयुक्त हुन्छ । कमसे कम प्रत्येक दिन ५, १० मिनेट देखि १ वा सावा घण्टा सम्म योगा गर्ने बताउनु हुन्छ  । यसमा बिल्कुलै हतार गर्न हुँदैन एकदम बिस्तारै गर्नुपर्दछ समय अनुरुप हुने हुँदा बेलुकी पनि भोजन पूर्व एकछिन योगा गर्ने र प्रत्येक दिन बढिमा दुई पटक सम्म योगा गर्ने गरेको छु । योगको बेफाईदा भन्नु पर्दा दुरुपयोग गरियो भने जुनसुकै कुराले पनि हानी पुर्याउछ ।

गलत प्रयोग गरिने जस्तो शिघ्रगतिमा गरियो भने, नियमदेखि बाहिर गइयो भने, समय सापेक्क्ष को ख्याल गरिएन भने, कतिपय बेफाइदाहरु पनि हुन सक्छन । हात खुट्टा नसादि मर्किन वा सर्किन सक्दछ जस्तो आवश्यकता भन्दा बढि भएपनि योगाले हानि गर्छ भन्नु हुन्छ । पदमासन, शीर्षासन, सर्वाङ्गासन, बज्रासन, गर्भासन इत्यादि गरेर ८,१० प्रकारको योगासानहरु गर्नेगरेको छु । गुरु बिना योग गर्न सफल भए पनि योगाचार्य परशुराम शास्त्री द्घारा लिखित सचित्र योगासान हिन्दि नामक पुस्तकको आधारमा शुरुवात गरेको हुँ ।

 

गुरुविना भन्न नमिल्ने भएकाले अप्रत्यक्ष रुपमा उहाँ आचार्य परशुराम शास्त्रीलाई गुरु मान्ने बताउनु हुन्छ । अन्त्यमा प्रशन्न चित्तले मन्द गतिमा योगासान गर्नु पर्दछ जल्दबाजी गर्न नहुने र केहि नगरे पनि पलेंटि कसेर सीधा भएर बसी लामो श्वास प्रश्वासको क्रियामा ५,१० मिनेट ध्यान बस्दा पनि धेरै लाभ हुने भएकाले यसलाई ब्रह्मासन अर्थात सुखासन भनिन्छ । सुखासन गर्ने सल्लाह अरुलाई पनि दिने बताउनु हुन्छ । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय