ब्रेकिङ न्युज


#खेलकुद

स्पेनिस ला लिगा बार्सिलोना र रियल सोसियडाड विजयी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 13,2019


RatoParkhalस्पेनिस ला लिगा बार्सिलोना र रियल सोसियडाड  विजयी


३० बैशाख २०७६ 
स्पेनिस ला लिगामा बार्सिलोनाले गेटाफेमाथि जित निकाल्दा रियल मड्रिड रियल सोसियडाडसँग ३–१ ले पराजित भएको छ । लिगको उपाधि जितिसकेको बार्सिलोनाले गेटाफेलाई २–० ले हरायो । बार्सिलोनाको जितमा अर्टुरो भिडलले एक गोल गरे भने अर्को एक गोल गेटाफेका खेलाडीले आत्मघाती गरेका थिए ।

 


३९औं मिनेटा भिडलको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ८९औं मिनेटमा डेन डाकोनामले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो । लिगमा बार्सिलोनाले ८६ अंक बनाएको छ । एक खेल खेल्न बाँकी रहँदा लिगको शीर्ष तीन स्थानको टुंगो लागिसकेको छ । ७५ अंक बनाउँदै एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।

 


रियल मड्रिडले भने रियल सोसियडाडसँग ३–१ को पराजय भोगेको छ । सोसियडाडको मैदानमा भएको खेलमा रियलले एक गोलको अग्रता जोगाउन सकेन । छैटौं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा मिकेल मेरिनोले सोसियडाडका लागि गोल गर्दै खेल बराबरीम र्पुयाए । ५७औं मिनेटमा जोसेबा जाल्डुआ र ६७औं मिनेटमा एन्डर बारेनेक्साले गोल गर्दै सोसियडाडलाई जित दिलाए ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय