ब्रेकिङ न्युज


#समाचार

विदाको दिन पनि गाउँमै पुगेर अशक्तलाई नागरिकता वितरण

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 7,2019


RatoParkhalविदाको दिन पनि गाउँमै पुगेर अशक्तलाई नागरिकता वितरण

ईखवर सम्वादाता
२४ चैत्र, आईतवार

उदयपुर–ईलाका प्रशासन कार्यालय कटारी उदयपुरले ३४ अशक्त जेष्ठ नागरिकहरुलाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ ।

शनिवार कार्यालयले उदयपुरको उदयपुरगढी गाउँपालिका को वडा नं. ३ बर्रेमा पुगेर २६ महिला र ८ पुरुष लाई नागरिकता वितरण गरेको छ । । जस्मा २ अशक्त जेष्ठ लाई समेत नेपाली नागरिकता को प्रमाण पत्र वितरण गरेको कार्यालयका प्रमुख सुनिल पौडेलले जानकारी दिनु भयो ।

नेपाली नागरिकताको प्रमाण पत्र साथमा नहुँदा वृद्धा तथा अशक्तहरुले राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनु परेकोमा वडा मै नागरिकता वितरणको कार्यक्रम गरिएको वडा नं. ३ का अध्यक्ष मनोज कार्कीले बताउनु भयो ।

उदयपुर गढी गाउँपालिका र वडा नं. ३ को आयोजनामा भएको कार्यक्रममा वि.सं. २००१ र २००४ सालकी दुई बृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै विद्यार्थीहरुलाई कापी कलम समेत वितरण गरिएको थियो । शनिवार पनि जनतालाई सेवा  दिन पुगेका ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख सहितको टोलीलाई स्थानीयले खुशि हुँदै धन्यवाद व्यक्त गरेका थिए । आप्mनै वडामा नागरिकता वितरण भएकोमा सेवाग्राहीहरु हर्षित छन् ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो