ब्रेकिङ न्युज


#समाचार

१० बर्षे बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: March 3,2019


RatoParkhal१० बर्षे बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


ईखवरसम्वादाता
१५ फाल्गुण, बुधवार


कटारी–उदयपुरको कटारी नगरपालिका वडा नं. ८ मा १० बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ गरिएको छ ।
नि.मा.वि. कुरीङ भञ्ज्याङ सिरिसेमा कार्यरत २८ बर्षिय शिक्षक (विनोद) भनिने जनार्दन लोहनीलाई बालिका बलात्कार गरेको आरोपमा मंगलवार अस्थायी प्रहरी चेकप्वाईनट बेतिनीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी चन्द्रदेव राईले बताएका छन् ।

 

डेरा गरि बसेको घरकै आप्mनै विद्यालयमा अध्ययनरत  घरमा कोही नभएको मौका पारी १० बर्षिय छात्रालाई मंगलबार मुख थुनी बलात्कार गरेको पाइएको कटारी नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष कमल श्रेष्ठले बताउनु भयो ।

 

लोहनी विरुद्ध परिवारले बुधबार इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएका छन् । बालिकालाई भने उपचारको लागि काठमाण्डौ लगिएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ । पक्राउ परेका लोहनीलाई म्याद थप गरी थप अनुसान्धन भईरहेको ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी धुर्व कुमार श्रेष्ठले बताउनु भयो । आरोपित लोहनी भुटानी शरणार्थी भएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय