ब्रेकिङ न्युज


#समाचार

ओड्ने कम्बलको निहुँमा छुरा प्रहार गरी भाइको हत्या

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: March 3,2019


RatoParkhalओड्ने कम्बलको निहुँमा छुरा प्रहार गरी भाइको हत्या

ईखवरसम्वादाता
१७ फाल्गुण, शुक्रबार


कटारी–उदयपुरको कटारी नगरपालिकामा आप्mनै भाइले छुरा प्रहार गरी दाजुको हत्या गरेका छन् । बुधबार राति २० बर्षिय बुद्धिराम मगरले ४२ बर्षिय दाजु प्रकाश भनिने राम बहादुर मगरको छुरा प्रहार गरी हत्या गरेका हुन् ।
राती सुत्ने बेला ओढ्ने सिरकको निहुँमा दाजु भाई भनाभन भएपछि भाइले छुरा प्रहार गरेको मृतकका श्रीमती विमला मगरले दिएको जाहेरीमा उल्लेख भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी धुर्व कुमार श्रेष्ठले बताउनु भयो । छुरा प्रहार पछि घाईते मगरलाई कटारी अस्पतालमा उपचारका लागि लगिएको भएतापनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।


हत्यारा भाई बुद्धिरामलाई बिहिवार नै प्रहरीले कटारीबाटै पक्राउ गरेको छ । पक्राउ पछि म्याद थप गरी अनुसान्धन गरिरहेको पनि प्रहरी प्रमुख श्रेष्ठले बताउनु भयो । दुवै दाजु भाइले मादक पदार्थ सेवन गरेको प्रहरीको भनाई छ ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो