ब्रेकिङ न्युज


#समाचार

कटारी नगरपालिकामा महिला सञ्जाल गठन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: March 3,2019


RatoParkhalकटारी नगरपालिकामा महिला सञ्जाल गठन


ईखवरसम्वादाता
१९ फाल्गुण, आईतवार
कटारी– उदयपुरको कटारी नगरपालिकामा नगर स्तरीय महिला सञ्जाल गठन भएको छ । कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्दै प्रदेशसभा सदस्य कला घलेले स्थानीय तहमा महिला जनप्रतिनिधिहरुलाई असहयोग हुने गरेको बताउनु भएको छ । शुक्रबार आयोजित कार्यक्रममा देशभर ७ सय ५३ स्थानीयतहमा महिला भए पनि प्रतिनिधिहरुलाई असहयोग हुने गरेको आरोप लगाउनु भयो ।


ईतिहासमा नालापाी युद्धदेखि २०६२÷६३ को जनआन्दोलन र हरेक विकासको काममा महिलाहरुको उत्तिकै योगदान रहेको भएतापनि महिलाहरुको कुनै कदर नभएको बताउनु भयो । घलेले गठित नयाँ कार्यसमितिलाई महिलाहरुका लागि महिनावारी हुँदा प्रयोग गर्ने प्याड उत्पादन गरी महिलाहरुलाई सहयोग गर्न अनुरोध गर्नु भयो । सञ्चालमा मिना कोइराला अध्यक्ष, गिता खड्का उपाध्यक्ष, अनिता कार्की सचिव, चिनिमाया सुनुवार कोषाध्यक्ष पदमा चयन हुनु भएको छ ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय